काठमाडौं, १७ भदौ । मुलुकको पछिल्लो राजनीतिक अवस्था र आन्दोलनरत समूहका मागका विषयमा छलफल गर्न प्रमुख चार दलका शीर्ष नेताहरूको बैठक बसिरहेको छ ।
प्रधनमन्त्री निवास बालुवाटारमा जारी बैठकमा संविधानको विधेयक र सिमाङ्कनमा देखिएको असन्तुष्टिका विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ ।
बैठकले मधेश केन्द्रित दल र थारु समुदायको मागहरू कसरी सम्बोधन गर्ने विषयमा छलफल केन्द्रित छ ।
बैठकमा प्रधानमन्त्री सुशील कोइरालाका साथै कांग्रेस, एमाले, एमाओवादी र फोरम लोकतान्त्रिकका नेताहरूको सहभागिता रहेको छ । बैठक यो समाचार तयार पार्दासम्म जारी छ ।















प्रतिक्रिया