३० आश्विन २०८३, शुक्रबार

यू-१९ प्रिमियर लिग : साउदी अरबमाथि नेपालको शानदार जित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Cricket-U-19काठमाडौं, १७ भदौ । एसिसी यू–१९ प्रिमियर लिग क्रिकेटको अन्तिम खेलमा नेपालले साउदी अरबमाथि ९ विकेटको शानदार जित हात पारेको छ ।

मलेसियाको सेलोंगर टर्फ क्लबमा भएको खेलमा ५६ रनको विजय लक्ष्य पछ्याएको नेपालले ९ ओभरमा पूरा गर्‍यो । नेपालका लागि सुनिल धमलाले अविजित ३४ रन बनाए । उनले २० बलमा ३ चौकार २ छक्का प्रहार गरे ।

त्यस्तै शंकर रानाले ४ र राजु रिजालले अविजित १४ रन बनाए । यसअघि उत्कृष्ठ बलिङ गर्दै नेपाले साउदी अरबलार्इ ५५ रनमा अलआउट गरेको हो ।

टस जितेर ब्याटिङ रोजेको साउदी टोली नेपाली बलर सामु निरीह बन्यो नेपाली बलरहरुको प्रहार सामना गर्न नसक्दा ३३.३ ओभरमा ५५ रन बनाएर साउदी अलआउट भएको हो ।

नेपालका सुशील कँडेलले साउदीका सर्वाधिक ४ विकेट लिए । सुनिल धमालाले ३ प्रेम तामाङले दुई विकेट लिए । यससँगै नेपालको शीर्ष स्थानमा उक्लिएको छ र च्याम्पियन बन्ने सम्भावना कायमै छ ।

अहिले चलिरहेको खेलमा मलेसियाले अफगानिस्तानलाई हराए नेपाल च्याम्पियन बन्ने छ । अफगानिस्तानको जितले भने नेपाल उपविजेता बन्नेछ ।