काठमाडौं, १७ भदौ । मलेसियामा जारी एसीसी यू– १९ प्रिमियर लिग क्रिकेटमा नेपालले ब्याटिङ सुरु गरेको छ ।
यसअघि नेपालले साउदी अरेबियालाई ५५ रनमा समेटेको थियो ।
मलेसियाको सेलोंगर टर्फ क्लबमा टस जितेर पहिले ब्याटिङ गरेको साउदी अरेबिया ३३.२ ओभरमा ५५ रन जोड्दा अलआउट भयो ।
फैसल खानले १९ र जैनले ११ रन जोडे । अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
दुई ब्याट्सम्यान शुन्यमै आउट भएका थिए भने चार ब्याट्सम्यान १–१ रनमा आउट भए ।
नेपालका सुशील काडेलले १० ओभरमा ९ मेडन राख्दै १२ रन खर्चिएर ४ विकेट लिए ।
सुनिल धमलाले ६ ओभरमा ३ डेमन राख्दै ३ रन दिएर २ विकेट लिए ।
प्रेम तामाङले ४.२ ओभरमा २ मेडन राखेर ९ रन दिादै २ विकेट लिए ।















प्रतिक्रिया