३० आश्विन २०८३, शुक्रबार

काठमाडौं उपत्यकामा १० वटा खेलकुद मैदान बनाउने खेलकुद मन्त्रीको घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

tokha football - 1

काठमाडौं, १६ भदौ । युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले नेपाल सरकारले निकट भविष्यमा काठमाडौं उपत्यकामा १० वटा खेलकुद मैदान बनाउने घोषणा गरेका छन् ।

मध्यम स्तर तथा क्षमताका ती प्रत्येक खेल मैदानमा ५ हजार दर्शक अटाउने प्याराफिट हुने उनले बताए । बालप्रेमी खेलकुद मण्डलले टोखा भूतखेल खेल मैदानमा आयोजना गरेको टोखा नगरपालिका वडा कप फुटबलको विजेता तथा उपविजेतालाई पुरस्कार वितरण गर्ने कार्यक्रममा बोल्दै उनले ती १० वटा खेल मैदानमध्ये एउटा सोही टोखा भूतखेल खेल मैदान हुने समेत बताए ।

साथै, उनले संविधानसभामा प्रस्तुत संविधान मस्यौदामा खेलकुदलाई विद्यार्थी, बालबालिका तथा युवाको मौलिक अधिकारको रुपमा प्रस्ताव गरिएकाले यो संविधान जारी हुनासाथ देशका अन्य क्षेत्रमा जस्तै खेलकुद क्षेत्र पनि तीव्र गतिमा विकास हुने जनाए । त्यसैले खेलकुदको शीघ्र विकासका लागि संविधान शीघ्र जारी हुनुपर्ने उनको तर्क थियो ।

tokha football - 2टोखा नगरपालिका वडा कप फुटबल प्रतियोगिताका विजेता वडा नं ६ र उपविजेता वडा नं ११ लाई उनले एक समारोहबीच ट्रफी तथा नगद पुरस्कार रु. ५० हजार र २५ हजार क्रमशः प्रदान गरे । साथै, उनले शिवराज बानियाँलाई सर्वोत्कृष्ट खेलाडी, सुविन्द्र श्रेष्ठलाई सर्वोत्कृष्ट फरवार्डर, नवीन श्रेष्ठलाई सर्वोत्कृष्ट गोलकिपर र गोविन्द रिमाललाई सर्वोत्कृष्ट डिफेन्सको उपाधि समेत प्रदान गरे ।

निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा सर्वोत्कृष्ट फरवार्डर सुविन्द्र श्रेष्ठले ५४ औं मिनेटमा गरेको एक मात्र गोलको सहाराले टोखा वडा नं ६ ले वडा नं ११ लाई हराउन सफल भएको थियो ।