काठमाडौं, १५ भदौ । हिन्दु राष्ट्र स्थापनाको अभियानमा आन्दोलन गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आज राजधानीमा विरोध प्रदर्शन गर्दैछ ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाको नेतृत्वमा संविधानमा सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र कायम गराउने उदेश्यले जनदबाब दिन विरोध प्रदर्शनको कार्यक्रम राखिएको जारी नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँले संविधानसभा घेराउ तथा धर्ना कार्यक्रम राखिएको बताउनुभयो । उहाँले कार्यक्रममा उल्लेख्य नेता तथा कार्यकर्ताको सहभागिता रहेन बताउनुभयो ।
काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट र्याली एक बजे सुरु हुनेछ । र्याली संविधानसभा भवन नयाँ बानेश्वर पुगेर धर्नामा परिणत हुने श्रेष्ठले बताउनुभयो ।












प्रतिक्रिया