२१ कार्तिक २०८३, शनिबार

प्रधानमन्त्रीले कैलाली घटनाको कुरा उठाएर थारुहरूलाई त्रसाए !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

PM Koirala reading the reply of his letter for dialogue sent yesterday.काठमाडौं, १४ भदौ । प्रधानमन्त्री सुशील कोइरालासंग थारु कल्याणकारी सभा र थारुहट/थारुवान संयुक्त संघर्ष समितिका प्रतिनिधिहरुले भेटवार्ता गरेर सरकारले दोस्रो पटक पठाएको वार्ताको पत्रको जवाफ बुझाएका छन् ।

संघर्ष समितिका प्रवक्ता अमनलाल मोदीको नेतृत्वमा आज बालुवाटार पुगेको टोलीले प्रधानमन्त्री कोइरालाद्वारा आइतबार वार्ताको लागि प्रेषित पत्रको जवाफ पनि बुझाएको हो ।

अनौपचारिक वार्तामा प्रधानमन्त्री कोइरालाले नेपाली जनताले झण्डै एक शताब्दीदेखि लोकतान्त्रिक शासन व्यवस्थाका लागि गरेको आन्दोलनहरुबाट प्राप्त उपलब्धिहरुलाई संविधानमा लिपिबद्ध गरेर मुलुकमा शान्ति र सुव्यवस्था कायम गर्दै विकासको मार्गमा जाने अभियानमा सबै सरिक हुनुपर्ने बताउनु भयो ।

उहाँले मुलुकमा ठूलो राजनीतिक परिवर्तन संस्थागत हुन लागेको संवेदनशील समयमा सबैले शान्ति र अमनचयन कायम गर्न संयमता अपनाउनु पर्ने उल्लेख गर्नु भयो ।

उहाँले कैलालीमा भएको दुःखद् घट्नाको उल्लेख गर्दै आपसी वार्ता, सहमति, सहकार्य, एकता र मेलमिलापको माध्यमवाट सबै समस्याको समाधान गर्न सकिने उल्लेख गर्नुभयो । उहाँले देशले यति बेला शान्ति,एकता ,सद्भाव र सहिष्णुताको अपेक्षा गरेको बताउनु भयो ।

सो अवसरमा कल्याणकारी सभा र सघर्ष समितिका प्रतिनिधिहरुले आफूहरु वार्तामा वस्न तयार रहेकोले प्रशासनले पनि संयमता अपनाउन पर्ने माग गर्नु भएको थियो ।