३० आश्विन २०८३, शुक्रबार

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल : नेपाल र भारत भीड्दै, को-को छन् खेलाडी ?

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bimal-anjan-bistaकाठमाडौँ, १४ भदौ । नेपाललाई २२ वर्षपछि साफ च्याम्पियनसिप यु–१९ फुटबल प्रतियोगिताको उपाधि दिलाएका १९ वर्ष मुनि उमेर समूहका तीन खेलाडी अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्न भारत पुगेका छन् ।

भारतको पुनेस्थित बेलवाडी रङ्गशालामा हुने उक्त मैत्रीपूर्ण खेल खेल्नका लागि कप्तान विमल घर्ती मगर, अञ्जान विष्ट र अनन्त तामाङ पुगेका हुन् । नेपाली टोलीले भारतको राष्ट्रिय फुटबल टोलीसँग आज साँझ ७ः१५ बजे प्रतिस्पर्धा गर्दैछ ।

नेपाली टोलीको गोल रक्षकमा किरण चेम्जोङ तथा डिफेन्डरमा कप्तान सागर थापा, अनन्त तामाङ, रवीन श्रेष्ठ, विराज महर्जन र रोहित चन्द छन् । त्यस्तै मिडफिल्डमा जगजित श्रेष्ठ र विशाल राई तथा फर्वाडमा अञ्जान, विमल र भरत खवास छन् ।

सो खेलपछि राष्ट्रिय टोलीका मिडफिल्डर राजु तामाङ र गोलरक्षक रितेश थापाले आफनो खेल जीवनबाट सन्यास लिने बताइएको छ । खेलाडीद्वयलाई भारतविरुद्वको मैत्रीपूर्ण खेलमा अवस्था हेरेर मात्र अवसर दिने प्रशिक्षक धुव्र केसीले जानकारी दिनुभयो ।

घरेलु लिगमा अनन्त त्रिभुवन आर्मी क्लबबाट तथा रितेश थापा प्रहरी क्लबबाट खेल्दै आएका छन् । रासस