३० आश्विन २०८३, शुक्रबार

भारतलाई हराउँदै उपाधि जितेपछि नेपाली फुटबल टोलीलाई प्रधानमन्त्री कोइरालाको बधाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ भाद्र । प्रधानमन्त्री सुशील कोइरालाले १९ वर्षमुनिको समूहमा सार्क विजेता बनेको नेपाली फूटबल टोलीलाई बधाई ज्ञापन गर्नुभएको छ ।

कोइरालाले आइतबार साँझ नेपाली टोलीका कप्तान बिमल घर्तीमगरलाई टेलिफोन गरी बधाई दिनुभएको हो । विमल आइतबार भारतको पुणेमा पुग्नुभएको छ ।

टेलिफोनमा प्रधानमन्त्री कोइरालाले साफ विजेता बनेर नेपाली टोलीले यस क्षेत्रमा राष्ट्रिय प्रतिष्ठा उँचो बनाएकोमा आफू गौरवान्वित भएको बताउँदै यो सफलताको लागि नेपाली टीमका कप्तान, प्रशिक्षक र समस्त टीमका सदस्यलाई हार्दिक बधाई ज्ञापन गर्नुभएको थियो ।

उहाँले आगामी दिनमा क्षेत्रीय र अन्तराष्ट्रिय प्रतियोगितामा यसरी नै सफलता प्राप्त होस् भन्ने शुभकामना पनि दिनुभएको थियो । टेलिफोन वार्तामा विभिन्न अभावका बाबजूद नेपाली फूटबल टोलीले प्राप्त गरेको यस सफलताले सम्पूर्ण खेलाडी र खेलप्रेमी नेपालीलाई उत्साहित गरेको पनि उहाँले बताउनुभयो ।

सो अवसरमा प्रधानमन्त्री कोइरालाले फूटबल खेलको विकासका लागि सरकारले यथासक्य सहयोग गर्नुका साथै खेलाडीलाई प्रोत्साहन दिने बताउनुभएको थियो । टेलिफोनमा प्रधानमन्त्रीले भारतको पुणेमा हुने प्रतियोगितामा पनि यस्तै सफलता प्राप्त होस् भन्ने शुभकामना दिनुभएको थियो ।

नेपाली टोलीका कप्तान विमलले प्रधानमन्त्री कोइरालाले दिनुभएको बधाई र शुभकामनाका प्रति कृतज्ञता प्रकट गर्दैे आपूm नेपाल फर्कने वित्तिकै प्रधानमन्त्रीलाई भेट्ने बताउनुभएको थियो । रासस