३० आश्विन २०८३, शुक्रबार

एनएएफको ड्रोनियर विमान घरमा ठोक्किएर दुर्घटना, ७ जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

BIMANलागोस (नाइजेरिया), १३ भदौ । एक नाइजेरियाली बायुसेना (एनएएफ)को ड्रोनियर ¬२२८ विमान उत्तरीक्षेत्रको कादुनाको रिवादु मिलिटरी क्यान्टनमेन्टमा शनिबार दुर्घटना हुँदा सात जनाको मृत्युभएको एक सरकारी अधिकरीले जनाएको छ ।

दुर्घटनाको वायुसेनाका प्रवक्ता एअर कमान्डर अलोङ्ले पुष्टि गर्दै भन्नुभयो, ‘कादुनाबाट नाइजेरियाको राजधानी अबुलाका लागि उडेको उक्तविमान कुहुनास्थित एक घरमा ठोकिँदा दुर्घटना भएको हो ।’

मृतकको शरिर घटनास्थलमा जम्मा गरिसकिएको साथै उक्त विमानबाट आगो वस्तीमा फैलिन नदिन बारुणयन्त्र यहाँ आइसकेको पनि उहाँले बताउनुभयो ।

विमानमा विमान चालक, सहचालक, दुई इन्जिनियर र तीन जना यात्रु दुर्घटामा परेको बताइएको छ ।

दुर्घटनाको छानविन गर्न वायुसेना प्रमुख तथा एअरमार्शल सद्दिकी अवुवाकरको नेतृत्वमा एक छानविन समिति गठन गरिसकिएको प्रवक्ता आलोङले बताउनुभयो । रासस÷सिन्ह्वा