काठमाडौं, ११ भदौ । हिन्दूहरुको महान पर्व जनैपूर्णिमा र रक्षाबन्धनलाई मध्यनजर गर्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलन फिर्ता लिएको छ ।
शनिबार मनाइने रक्षाबन्धन पर्वलाई ध्यानमा राखी मोर्चाले अनिश्चितकालीन आमहडतालको कार्यक्रम दुई दिनका लागि लिएको आज जारी विज्ञप्तीमा जनाएको छ ।
जनकपुर उद्योग वाणिज्य सङ्घको पहलमा आज अपराह्न ३ बजेदेखि शनिबारसम्म आमहडतालको कार्यक्रम स्थगन गरिएको मोर्चाले जनाएको छ । रासस













प्रतिक्रिया