
काठमाडौं, ११ भदौ । संघीय राज्यको सिमाङ्कनका विषयमा असन्तुष्ट आफ्ना सभासदहरूलाई प्रमुख सत्तारुढ दल कांग्रेसले फकाउन सुरु गरेको छ ।
कांग्रेसका शीर्ष नेताहरूले आज संविधानसभा भवनमा नयाँ बानेश्वरमा एक नम्वर प्रदेशका सभासदहरूसँग छलफल गरेका छन् । कांग्रेसले सभासदहरूसँग सिमाङ्कन, पहिचान, अधिकार र जारी आन्दोलनलगायतका विषयमा छलफल भएको हो ।
स्रोतका अनुसार एक नम्वर प्रदेशका सभासदहरूले सिमाङ्नमा धेरै असन्तुष्टि जनाएका छैनन् । यद्यपि केही जनजाति सभासदहरूले लिम्वानका नौ जिल्ला माग गरिएकोमा धेरै जिल्ला गाभिएको भन्दै असन्तुष्टि जनाएका थिए ।
कांग्रेसले आफ्ना सभासदहरूका असन्तुष्टि र मागलाई सम्बोधन गर्ने उदेश्यले आजदेखि प्रदेशअनुसार त्यहाँका सभासदहरूसँग छलफल सुरु गरेको हो ।
कांग्रेसले क्रमशः सबै सभासदहरूसँग छलफल गर्नेछ ।
यसअघि एमालेले पनि आफ्ना सबै सभासदहरूसँग माग र असन्तुष्टिहरूलाई सम्बोधन गर्न छलफल गरिसकेको छ ।
एमालेका सभासदहरूले पनि सिमाङ्कनका विषयमा असन्तुष्टि जनाएका थिए । तर अहिले उनीहरूले पार्टीको निर्णयअनुसार आफ्ना सन्तुलित अभिव्यक्ति दिने गरेका छन् ।












प्रतिक्रिया