२१ कार्तिक २०८३, शनिबार

कैलाली घटनाबारे अमरेशकुमारले यस्तो बोले

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Amresh_Kumar_Singh__3काठमाडौं, ११ भदौ । नेपाली कांग्रेसका सभासद अमरेशकुमार सिंहले कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनाबारे संक्षिप्त प्रतिक्रिया दिएका छन् ।

घटना भएको पाँच दिनपछि शुक्रबार उनले सञ्चारकर्मीसँग घटनाबारे मुख खोलेका हुन् । उनले राज्यले अधिकार नदिई पछि परेको समुदाय, जातिमाथि दमन गर्दा टीकापुर घटना भएको दावी गरेका छन् ।

आफै घटनास्थल पुगी विखण्डनकारी अभिव्यक्ति दिएर थारु समुदायलाई भड्काएका अमरेशले अहिले घटनाको सबै दोष सरकार र चारदलको टाउको थुपारेका हुन् । कांग्रेसले समेत कारवाहीको तयारी गरिरहेका बेला आफूले कमजोर पक्षको आवाज उठाउँदा पार्टीभित्र र बाहिरबाट आक्रमण भएको उनले दाबी गरे ।

‘सरकार र संविधान बनाउन लागेका चार नेताले त्यहाँका जनताको भावना बुझेनन् जसका कारण यस्तो दुःखदायी घटना भयो’ उनले भने ।उनले आफूहरुको भाषणले नै घटना भयो भन्नु गलत रहेको बताए । ‘हामीले गर्दा भएको हो भने त्यही दिन हुन्थ्यो । भोलिपल्ट हुन्थ्यो होला । यो राज्यबाट भएको दमनको कारण भएको हो ।’ उनले भने ।

थारु, मधेसी लगायतका समुदायलाई पहिचान नदिएको र त्यसले थारु समुदायले आफूलाई अधिकारविहीन बनाएको महसुस गरेको उनको विश्लेषण थियो । वार्ताको माध्यमबाट तत्काल समाधान खोज्नु पर्नेमा उनको जोड छ ।

सोमबार कैलालीको टीकापुर भएको हिंसात्मक भीडन्तमा नेपाल प्रहरीका एसएसपीसहित ९ जनाको मृत्यु भएको थियो । त्यहाँका स्थानीयले केही दिनअघि मधेसी नेताहरु उपेन्द्र यादव, अमरेशकुमार सिंह र राजेन्द्र महतोको विखण्डनकारी भाषणकै कारण घटना भएको बताउँदै आएका छन् ।