काठमाडौं, १० भदौ । हिंसात्मक घटना भएको तीन दिनपछि विहीबार सुरक्षा निकायका प्रमुखहरु कैलालीको टीकापुर पुगेका छन् ।
नेपाल प्रहरीका एसएसपीसहित ९ जना मारिएपछि घटनाको स्थलगत अध्ययन गर्न सरकारका तीन वटै सुरक्षा निकायका प्रमुखहरु विहीबार दिउँसो टीकापुर पुगेका हुन् ।
घटनास्थलको अवस्था बुझ्न नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल र सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्त, र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिपराज रेग्मी टीकापुर गएको नेपाल प्रहरीका प्रवक्ता डीआईजी कमलसिंह बमले जानकारी दिनुभयो ।
प्रवक्ता बमका अनुसार घटनास्थलको अवस्था बुझ्न तीनै संगठनका प्रमुखसँगै गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकाल नेपाल प्रहरीका एआईजी गणेशराज राई, सशस्त्रका एआईजी के के तामाङ, पनि टीकापुर गएका छन् ।
‘उहाँहरुले घटनास्थलको अवस्था बुझ्ने, शान्ति सुरक्षाका लागि सबै निकायबीच समन्वय गर्न निर्देशन दिने र शान्तिसुरक्षाको अवस्थालाई बुझेर शान्ति सुरक्षालाई थप बोलियो बनाउन निर्देशन दिनुहुनेछ,’ डीआईजी बमले भन्नुभयो । उहाँका अनुसार सुरक्षा निकायका प्रमुखले शान्ति सुरक्षालाई थप प्रभावकारी बनाउन ‘विफ्रीङ’ गर्नेछन् ।
टीकापुरबाट सुरक्षा निकायका प्रमुखहरुको टोली दंगाग्रस्त क्षेत्र घोषित जिल्ला नवलपरासी, रौतहट लगायतका ठाउँमा समेत पुग्नेछन् ।















प्रतिक्रिया