३० आश्विन २०८३, शुक्रबार

हिंसा भडकिएपछि नरेन्द्र मोदीले सेना पठाए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gujrat Indiaगुजरात, १० भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सहर गुजरातको अहमदाबादमा मंगलबारबाट शुरु विरोधले उग्ररुप लिएपछि तीनजनाले ज्यान गुमाएका छन् ।

गुजरात प्रहरीका डिजीपी पिसी ठाकुरले बताएअनुसार अहमदाबादमा पटेल समुदायले थालेको आन्दोलन उग्र भएपछि गोली चलाउँदा तीनजना मारिएका हुन् ।

उनका अनुसार उग्र भएका प्रदर्शनकारीले बनासकान्ठा जिल्लामा रहेको गढ पुलिस कार्यालयमा पनि प्रदर्शनकारीले आक्रमण गरेका छन् । प्रहरी चौकीमा आक्रमणका क्रममा एक प्रदर्शनकारी मारिएका छन् । गुजरातमा हिंसा भडकिएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले सेना परिचालनको आदेश दिएका छन् । उनले सेना परिचालन गरेर भए पनि शान्ति सुरक्षा बनाइ राख्न भनेका हुन् ।

गुजरातको अहमदाबादको नौवटा प्रहरी कार्यालयको क्षेत्र, सुरतको दुर्इवटा प्रहरी कार्यालयको क्षेत्रसहित राज्यका १७ वटा सहरी इलाकामा कर्फ्यू लगाइएको छ ।

राज्यमा हिंसा भड्केर स्थिति नियन्त्रण बाहिर जाने अवस्था आएपछि सेनालार्इ बोलाइएको छ । डिजीपी ठाकुरका अनुसार गुजरातका सबै दलका वरिष्ठ नेता र धर्म गुरुहरुलार्इ मानिसलार्इ कानुन व्यवस्था कायमका लागि अपील गर्न भनिएको छ ।

हिंसाले उग्ररुप लिन थालेपछि गुजरातमा सबै शैक्षिक संस्थाहरु बन्द गरिएको छ । पटेल समुदायले बुधबारै गुजरात बन्दको अपील गरेको थियो ।

मुख्यमन्त्री आनन्दीबेन पटेलले गुजरातबासीलार्इ शान्ति कायम गरिराख्न अपील गर्दै राज्यमा कानुनी व्यवस्था कायम राखिराख्न पनि सबैसँग सहयोग मागेका छन् ।

आरक्षणको माग लिएर आन्दोलन गरिरहेका गुजरातका पटेल समुदायले मंगलबार राति उग्र बनेर कयौं स्थानमा आगजनी गरेका छन् ।

आन्दोलनको नेतृत्व गरिरेहका २२ वर्षीय हार्दिक पटेललार्इ मंगलबार राति पुलिसले हिरासतमा लिएपछि उनका समर्थक उग्र भएका थिए ।