२१ कार्तिक २०८३, शनिबार

अमरेशकुमारलाई कांग्रेसले सोध्यो २४ घण्टे स्पष्टीकरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Amresh Kumar Singhकाठमाडौँ, ९ भदौ । नेपाली काँग्रेसले सो पार्टीका सभासद् अमरेशकुमार सिंहलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ ।

काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव ऋषिकेश तिवारीका अनुसार पार्टी अनुशासन समितिले सभासद् सिंहलाई कैलाली जिल्लामा सामाजिक सद्भावमा खलल पु¥याउने गरी अभिव्यक्ति दिएकोले स्पष्टीकरण सोधेको हो ।

सो अभिव्यक्तिका विषयलाई लिएर स्पष्टीकरण सोधिएको सचिव तिवारीले राससलाई जानकारी दिनुभयो । पार्टीभित्र उहाँले दिएको अभिव्यक्तिका विषयमा आलोचना भएपछि सभासद् सिंहलाई स्पष्टीकरण सोधिएको बुझिएको छ । रासस