३० आश्विन २०८३, शुक्रबार

सेमिफाइनलमा भोलि नेपाल र अफगानिस्तान भिड्दै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bimal-garti-magarकाठमाडौँ, ९ भदौ । उन्नाइस वर्षमूनिको साफ पुरुष फुटबल च्याम्पियनसिपमा भोलिको सेमिफाइनल चरणका दुई खेल हुनेछ ।

सातदोवाटोस्थित एन्फा कम्प्लेक्समा हुने सेमिफाइनलको पहिलो खेलमा नेपालले अफगानिस्तानसँग मध्यान्ह १२ः०० बजे प्रतिस्पर्धा गर्नेछ भने दोस्रो खेलमा भारतले दिउँसो ३ः३० बजे बङ्गलादेशको सामना गर्दैछ ।

यस उमेर समूहको पहिलोपटक साफ च्याम्पियनसिप सञ्चालन भइरहेको छ । एन्फा कम्प्लेक्समा आज आयोजित पत्रकार सम्मेलनमा चारै टोलीले सेमिफाइनल चरणका लागि आफ्नो दाबेदारी प्रस्तुत गरे ।

सो कार्यक्रममा नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले पहिलो कमिकमजोरी सुधार गर्दै अफगानिस्तान विरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने बताउनुभयो ।

टोलीका कप्तान बिमल घर्तिमगरले अफगान टोली विरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने बताउनु भयो ।

त्यस्तै अफगानिस्तानका प्रशिक्षक साहेव राजवले नेपालको मौसमसँग पनि बुझिसकेका कारण आफ्नो खेलाडीले नेपाल विरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने बताउनुभयो । बङ्गलादेशका प्रशिक्षक बानि तुतुले भारत प्रतियोगिताको उत्कृष्ट टोली भएतापनि आफूहरुले सहजरुपमा खेल्छौ भन्नु भयो ।

भारतका प्रशिक्षक सबिर पासाले बङ्गलादेशसँग सजग भएर खेल्ने बताउदै भूतकालको प्रदर्शनभन्दा भविष्यको प्रदर्शनलाई हेरेर खेल खेल्ने बताउनुभयो । रासस