३० आश्विन २०८३, शुक्रबार

काठमाडौंमा सुपर सिक्स क्रिकेट प्रतियोगिता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

TU-cricket-Ground-Kathmandu-1काठमाडौँ, ९ भदौ । आगामी असोज ९ देखि १३ गतेसम्म दोस्रो सेञ्चुरी कर्पोरेट बैंक सुपर सिक्स क्रिकेट प्रतियोगिता राजधानीमा सञ्चालन हुने भएको छ ।

एसएस इभेन्टस प्राइभेट लिमिटेड कम्पनीको आयोजनामा हुने उक्त प्रतियोगिताको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक कम्पनीका प्रमुख कार्यकारी निर्देशक रमन सिवाकोटीले जानकारी दिनुभयो ।

विभिन्न २४ टिमले भाग लिने उक्त प्रतियोगिताको लागि करिब रु २५ लाख खर्च लाग्ने कार्यकारी निर्देशक सिवाकोटीको भनाइ छ ।

त्यस्तै उक्त प्रतियोगिताको लागि सेञ्चुरी बैंकले यसअघि नै रु छ लाखको प्रायोजन गरिसकेको छ । उक्त बैंकका कार्यकारी निर्देशक जीवन भट्टराईले क्रिकेट खेलले धेरै नै सफलता हासिल गरेको हुनाले पनि क्रिकेट खेलको विकासका लागि प्रायोजन गरेको बताउनुभयो ।

अघिल्लो संस्करणमा १८ टोलीले भाग लिएको उक्त प्रतियोगिताको उपाधि भने सिभिल बैंकले जितेको थियो । उक्त प्रतियोगितामा सहभागी खेलाडी २५ वर्ष पूरा भएको हुनुपर्ने आयोजकले जनाएको छ । रासस