नयाँदिल्ली, ८ भदौ । भारतीय वायु सेनाको सानो विमान सोमबार भारत प्रशासित काश्मिरमा दुर्घटनाग्रस्त भएको छ ।
इन्डियन एयर फोर्स (आइएएफ) को एमआइजी विमान भारत प्रशासित काश्मिरको एक धान खेतमा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ ।
काश्मिरको बड्गाम जिल्लाको सोइबगमा सो विमान खसेको हो । त्यसतर्फ उद्वार टोली पुगिसकेको जनाइएको छ । घटनास्थलमा प्रहरी पुगिसकेको समाचारमा जनाइएको छ । रासस/सिन्ह्वा















प्रतिक्रिया