काठमाडौं, ७ भदौ । यो सिजनको स्पेनिस ला लिगा फुटबल प्रतियोगिता सुरु भएको छ ।
सुरुवाती खेलमा नवप्रवेशी स्पोटिङ गिजोनले उपाधि दाबेदार रियल मड्रिडलाई बराबरीमा रोकेको छ । आइतबार राति भएको आफ्नो पहिलो खेलमा रियल मड्रिड गिजोनसँग गोलरहित बराबरीमा रोकिएको हो ।
३६ औं मिनेटमा एन्टोनियो सानाब्रिआको हेडर क्रस बारमा लागेर गोललाई खस्दा गिजोनका समर्थक चुकचुकाएका थिए ।
६९ प्रतिशत बल पोजिसन बनाएको रियल मड्रिडले २७ पटक विपक्षीको पोष्टमा प्रहार गरेको थियो । तर, ८ सटमात्र टार्गेटमा थियो, जसलाई गोलरक्षक इभान केल्लरले असफल पारे ।
खेलका क्रममा गिजोनका सर्गिओ अल्भारेजले रोनाल्डोलाई लडाएका थिए । तर, रेफ्रीले रियल मड्रिडलाई पेनाल्टी दिएनन् । आइतबार राति नै भएको अर्काे खेलमा बार्सिलोना विजयी भएको छ ।
यो सिजनको खेलमा रियल मड्रिड र बार्सिलोनालाई उपाधि दाबेदारका रुपमा हेरिएको छ ।
















प्रतिक्रिया