सिरिया, ६ भदौ । लेवनानी अल मानर टेलिभिजनका लागि सिरियामा कार्यरत पत्रकारको शनिबार मृत्युभएको छ ।
पत्रकार अव्दो अली जवाद सिरियाली सेना जसलाई लिवियाली हेजबुल्लाह समूहको समर्थन रहेको छ र केही जिहादी इश्लामिक समुहमाथि तीब्र पारेको आक्रमणका क्रममा भएको झडपमा बिहीबार गोली लागी घाइते भएका थिए ।
दमासकसको उत्तरपश्चिममा अवस्थित सिरिया लेवनान सिमाको सिरियाली भू–भाग जावदानीमा भएको भीडन्तमा घाइते उनी अस्पतालमा उपचाररत छन् ।
तेइस बर्षीय पत्रकार सिरियाली प्रान्त होम्समा जन्मेका थिए । उनले अल मानर टेलिभिजनका लािग सिरियाली झडपका ताजा समाचारका बारेमा रिपोर्टिङ गर्दै आएका थिए ।
सिरियाली युद्धमा परी दशजना भन्दा बढी पत्रकारको मृत्यु भइसकेको छ । गत महिनामा मात्रै पनि सरकार निकट मानिने साम एफएममा कार्यरत सरकार निकट मानिने साम एफएममा कार्यरत पत्रकारको दमासकस नजीकै मृत्यु भएको थियो ।
यसैबीच बेरुतबाट एएफपीले जनाएअनुसार, सिरियाली सरकार सुरक्षा फौजको कार्वाहीमा परी कम्तीमा २० सिरियाली नागरिकको मृत्युभएको छ । डौमा इलाकामा भएको हवाई तथा अन्य सुरक्षा कार्वाहीका क्रममा शनिबार २० नागरिकको मृत्युभएको सिरियामा कार्यरत मानवअधिकारवादी संस्थाका प्रमुख रमी अव्देल रहमानले बताउनुभयो ।
उहाँका अनुसार २०० भन्दाबढी नागरिकघटनापछि भत्केका भवनका भग्नावशेषमा परी घाइते भएका छन् ।
गएको आइतबार सरकारले गरेको कार्वाहीमा १०० जना भन्दाबढी सिरियाली जनताको मृत्युभएको थियो । रासस/सिन्ह्वा/एएफपी















प्रतिक्रिया