३० आश्विन २०८३, शुक्रबार

यमनी सीमामा साउदी हेलिकोप्टर दुर्घटना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

helicopterरियाद, ५ भदौं । साउदी अरेबिया र यमनको सीमा क्षेत्रमा शुक्रबार एक साउदी हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ ।

यमनमा सरकार विरोधी लडाकूलाई लक्ष्यगरी हवाई आक्रमण गर्दै आएका साउदी अरेबियासँग आवद्ध उक्त हेलिकोप्टर दुर्घटनाग्रस्त भएको जनाइएको छ ।

यस हेलिकोप्टर दुर्घटनामा दुई चालकको मृत्यु भएको गठबन्धन सेनाले जानकारी दिएको छ । सो दुर्घटनाको अनुसन्धान भईरहेको सम्बन्धित अधिकारीहरुले बताएका छन् ।

तर इरानको समर्थन रहेको यमनका हुथी विद्रोहीहरुले शुक्रबार राति सो हेलिकोप्टर आफूहरुले खसालेको दाबी गरेका छन ।

विद्रोहीको नियन्त्रणमा रहेको सबा समाचार समितिले हुथी विद्रोहीले यस इलाकामा यसअघि पनि सायदी अरेबियको ६ वटा सैनिक विमान ध्वस्त बनाएको जानकारी दिएको छ । रासस/एएफपी