– अनिल खत्री
गुल्मी, ३२ साउन । संविधानको मस्यौदा खारेज गर्नुपर्ने मागसहित मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले आव्हान गरेको नेपाल बन्द गुल्मीमा भने एक दिनको फिर्ता भएको छ ।
गुल्मी उद्योग वाणिज्य संघ र नेपाल पत्रकार महासंघको पहलमा बन्द फिर्ता गराइएको हो । गुल्मीको धार्मिक तथा ऐतिहासिक तपोभुमी रेसुङ्गामा चलेको एक महिने साउँने मेला समानपन हुने हुँदा सोमवारको बन्द फिर्ता गरिएको नेकपा–माओवादी गुल्मीका इन्चार्ज कार्कीले जानकारी दिए ।
साउन महिनाभर रेसुङ्गामा लागेको मेलाको समापनमा टाढा टाढाबाट श्रद्धालु भक्तजनहरु जाने हुँदा समितीले बन्द फिर्ता गरिदिन आहन गरेकाले फिर्ता गरिएको नेकपा–माओवादी गुल्मीले जनाएको छ ।
बिगतका वर्षहरुमा जस्तै यस वर्षको साउने सक्रान्तीबाट सुरु भएको साउँने मेला एक महिना सम्म संञ्चालनमा आएको हो । साउन महिनाभर रेसुङ्गामा विशेष पुजाआजा गर्ने र धार्मिक मेला लाग्ने भएकाले तपोभुमी रेसुङ्गामा दुर दुरदराजका श्रद्धालुहरु त्यस क्षेत्रमा जाने गर्दछन् ।















प्रतिक्रिया