९ कार्तिक २०८३, सोमबार

बँदेल नियन्त्रणमा आरक्षले स्थानीयको कुरा सुनेन

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Wild-boar-also-wild-pigकञ्चनपुर, ३२ साउन । शुक्लाफाँटा वन्यजन्तु आरक्षबाट बस्ती छिर्ने गरेको बँदेलको बथानले कञ्चनपुरको बेल्डाँडीका स्थानीय कृषकले लगाएको बालीमा व्यापक नोक्सानी पुराउन थालेको छ ।

बँदेलको बथानले गाविसको वडा नं ७, ८ र ९ मा धान, मकै, उखु बाली खाएर नोक्सानी पुराएको हो ।

दैनिक ३० बढीको सङ्ख्यामा खेतमा छिर्ने बँदेलको बथानले बाला निस्कनै लागेको धान, मकै, उखु खाएर व्यापक नोक्सानी पुराएको स्थानीय मदनराज भट्टले बताउनुभयो ।

हालसम्म कृषकको सात बिगाह बढी खेतमा बँदेलले नोक्सानी पुराएको उहाँले बताउनुभयो ।

“बँदेल नियन्त्रण गर्नका लागि वर्षाको पर्वाह नगरी खेतमै रातभर जाग्राम बस्नुपर्ने अवस्था रहेको छ” उहाँले भन्नुभयो ।

आरक्ष कार्यालयलाई बँदेल नियन्त्रणका लागि आग्रह गरे पनि नियन्त्रणको प्रयास हुन नसकेको यहाँका कृषकको भनाइ रहेको छ ।

यसैगरी, बेलौरी नगरपालिका–१२ रतनपुर नयाँ बस्तीका बासिन्दाले समेत बँदेलको समस्या झेल्दै आएका छन ।