भीमदत्तनगर, ३२ साउन । बझाङमा स्थानीय रुटमा चल्ने जिप दुर्घटना हुदा आइतबार चारजना घाइते भएका छन् ।
जयपृथ्वी नगरपालिका–६ सुनिगाडबाट सदरमुकाम जाँदै गरेको गरेको से१ज ५६२ नंको जिप चैनपुर रुपातोला ग्रामीण सडकखण्डको सुनिगाढ़ नजिक दुर्घटना भएको सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दिपायलले जनाएको छ ।
दशजना यात्रु बोकेको जिप पछाडि गर्ने क्रममा दुर्घटना भएको हो । घाइतेको बझाङ जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया