९ कार्तिक २०८३, सोमबार

कञ्चनपुरमा खाद्य अधिकार सञ्जालको पुनर्गठन, संयोजकमा भाट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Komal-nirnanjan-bhatमहेन्द्रनगर, ३१ साउन । खाद्य अधिकारका लागि सक्रिय जिल्ला खाद्य अधिकार सञ्जालको पुनर्गठन गरिएको छ । खाद्य अधिकारबाट वञ्चित समुदायका हक अधिकारका लागि चार वर्षअघि सञ्जाल गठन गरिएको थियो ।

खाद्य अधिकार सहित मानव अधिकार संरक्षणका लागि कार्यरत विभिन्न गैर सरकारी संस्थाका प्रतिनिधिहरुको भेलाले मानव अधिकार तथा वातावरण संरक्षण केन्द्र(ह्युपेक) को संयोजकत्वमा सञ्जाल पुनर्गठन गरेका छन् । ह्युपेका कोमलनिरञ्जन भाट सञ्जालको संयोजकमा चयन भएका छन् ।

१७ सदस्यीय सञ्जालमा अधिकारकर्मी एबम् अधिवक्ता पुनम सिंह चन्द, शिवी लुहार, भगवती थापा, विवेचना विष्ट, बिर बहादुर नेपाली लगायतका छन् ।

कार्यक्रममा निवर्तमान संयोजक भवराज रेग्मीले आफ्नो कार्यकालमा भएको कार्य प्रगति विवरणबारे जानकारी गराएका थिए ।
खाद्य अधिकार संरक्षणका लागि प्रमुख जिल्ला अधिकारीसित पटक पटक डेलिगेसन गएको, दक्षिणी क्षेत्रका महाकाली सिँचाई आयोजना पीडित किसानको संघर्ष समिति गठन गरी वकालत गरेको, हात्ती प्रभावित क्षेत्रका वासिन्दालाई संगठित गरेको लगायतका कार्यक्रम गरिएको बताए । यस अवधिमा निड्स, याक नेपाल, विश्व खाद्य संगठन सहित विभिन्न सरकारी र गैर सरकारी निकायसित समन्वय गरिएको उनले बताए ।

कार्यक्रममा याक नेपालका तिलक अधिकारीले विश्व र नेपालको खाद्य अधिकारको अवस्थाबारे जानकारी गराएका थिए । याक नेपालको सहयोगमा बेल्डाँडीका सहितका क्षेत्रका महाकाली सिँचाई आयोजना पीडित वासिन्दाको संघर्ष समिति गठन गरिएको थियो ।

Insec-kanchanpurपुर्नगठित सञ्जालका संयोजक भाटले जिल्लामा मुक्त कमैया, मुक्त हलिया, कमलरी, सुकुम्बासी, हात्ती पीडित वासिन्दा, आरक्ष विस्थापित र बाढी पीडित वासिन्दाको खाद्य अधिकार संरक्षणका लागि पहल गरिने बताए । अनियन्त्रित जनसंख्या वृद्धिले जमिनको खण्डीकरण भएर उत्पादनले धान्न नसक्ने अवस्था आउँदा जिल्लामा खाद्य अधिकार संरक्षणका लागि प्रभावकारी प्रयास गरिनुपर्ने उनको भनाई छ ।