९ कार्तिक २०८३, सोमबार

कांग्रेस र एमाओवादी संगठनका कार्यकर्ता एमालेमा प्रवेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

uml-cpn-logoकाठमाडौं, ३१ साउन । सत्तारुढ नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल एमाओवादीका भातृ संगठन कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।

कांग्रेसको तरुण दल र एमाओवादीको वाईसीयलका दुई दर्जन बढी कार्यकर्ता नेकपा एमालेको भातृ संगठन युवा संघ नेपाल पाल्पा शाखामा प्रवेश गरेका हुन् । उनीहरुलाई आइतबार एमाले पार्टी कार्यालय पाल्पामा आयोजित युवा संघ तानसेनको नगरभेलामा स्वागत गरिएको छ ।

युवा संघका केन्द्रीय सचिवालय सदस्य देवराज पोख्रेलले तरुण दल र वाईसीएलमा आबद्ध २ दर्जन बढी युवाहरु युथ फोर्समा प्रवेश गरेका बताए ।