९ कार्तिक २०८३, सोमबार

‘ओभरस्टाइल’ गरी महिलालाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

accident-in-kathmandu_402353मोरङ, ३१ साउन । मोरङमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते छन् ।

बेलबारी नगरपालिका­५ स्थित महेन्द्र राजमार्गमा पुर्वबाट पश्चिमतर्फ जादै गरेको को १६ प ३६४२ नम्बरको मोटरसाइकल शनिबार दुर्घटना हुँदा चालक बिराटनगर उपमहानगरपालिका­१ बस्ने २४ बर्षीय बिकाश गुरुङको मृत्यु भएको छ ।

सोही स्थान बस्ने पैदलयात्री ३५ वर्षीया महिला लिला राईलाई ठक्कर दिंदा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएकी राई, चालक र मोटरसाइकलमा सवार २३ बर्षीय सुनिल मगरलाई उपचारार्थ बिराट नर्सिंङ होम बिराटनगर लैजाने क्रममा बाटोमै गुरुङको मृत्यु भएको थियो ।

घाइते पैदलयात्रीको न्यूरो अस्पताल बिराटनगरमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।