९ कार्तिक २०८३, सोमबार

पहिरोले घर पुरिँदा आमा, छोरा र छोरीको एकै चिहान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pahiero (2)दैलेख, ३१ साउन । शनिबार राती पहिरोले घर पुरिँदा आमा छोरीसहित यहाँ तीन जनाको मृत्यु भएको छ ।

पहिरोले घर पुरिएर नारायण नगरपालिका– ६ नमुना वस्तीका २० वर्षीया रुपा बादी तथा तिनका तीन वर्षीया छोरी सपना र दुई वर्षीय छोरा जितको मृत्यु भएको हो । मृतक रुपाका श्रीमान् दीपकबहादुर घाइते भएका छन् । प्रहरी निरीक्षक पुष्कर बहादुर चन्दको नेतृत्वमा गएको टोलीले राति नै घाइतेको उद्धार गरी जिल्ला अस्पताल पु¥याएको थियो ।

पहिरोले घर पुरिँदा तीनै जनाको घटनास्थलमै मृत्यु भएको हो ।

यसैबीच, मृतकका आफन्तजनलाई नेपाल महिला सङ्घ दैलेख जिल्ला अध्यक्ष सीता रानाले सहयोग स्वरुप रु १५ हजार प्रदान गर्नुभएको छ । रासस