९ कार्तिक २०८३, सोमबार

हेल्थ अवार्ड ‘अर्थक्वेक हिरोज्’लाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

health awardकाठमाडौं, ३१ साउन । स्वास्थ्य खबरपत्रिकाले हरेक वर्ष स्थापना दिवसको अवसरमा प्रदान गर्दै आएको स्वास्थ्य खबरपत्रिका हेल्थ अवार्ड यसपल्ट ‘अर्थक्वेक हिरोज्’ शीर्षकमा प्रदान गरिने भएको छ ।

महाभूकम्पमा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाले निर्वाह गरेको महत्वपूर्ण भूमिकालाई मूल्यांकन गर्दै उनीहरूको सम्मानार्थ अवार्ड समर्पित गरिएको हो ।

कारणसहित भदौ १० भित्र अवार्ड पाउन योग्य संस्था वा व्यक्तिको नाम सिफारिस गर्न सम्पूर्णलाई अनुरोध गरिएको छ ।

सिफारिस गरिने व्यक्ति वा संस्था नेपाल सरकार अन्तर्गत रही भूकम्प अति प्रभावित १४ जिल्लामा कार्यरत हुनुपर्नेछ ।

उत्कृष्ट अस्पताल, उत्कृष्ट चिकित्सक, उत्कृष्ट नर्स, उत्कृष्ट स्वास्थ्यकर्मी, उत्कृष्ट जनस्वास्थ्यकर्मी र उत्कृष्ट समुदायिक स्वास्थ्य स्वयंसेवक, सेविकालाई अवार्ड दिइने भएको छ ।

अवार्ड प्रदान गर्ने व्यक्ति र संस्थाका लागि केही मापदण्ड तोकिएका छन् ।

व्यक्तिका हकमागृहजिल्ला बाहिर रहेर सेवा गरेको, आपतकालीन समयमा विज्ञताभन्दा फरक खालको सेवा समेत दिएको, परिवार तथा आफ्ना समस्यालाई प्राथमिकतामा नराखी सेवा गरेको, सीमित स्रोत/साधनमा असीमित सेवा दिएको, आफैँ स्रोत/साधन जुटाएर सेवा गरेको, बिरामीको कुशल व्यवस्थापन गरेको, भूकम्पलगत्तै सेवामा खटिएको, लामो अवधिसम्म भूकम्पपीडितको सेवामा खटिएको, आफ्नो स्वास्थ्यको प्रवाह नगरी सेवा गरेको र स्थानीयको मन जित्न सफल भएको हुनुपर्नेछ ।

त्यसैगरी, स्वास्थ्य संस्थाका लागिभवन भत्किएको वा सेवा दिन नसक्ने संरचना भएपनि तत्काल व्यवस्थापन गरी सेवा सुचारु गरेको, स्वास्थ्यकर्मीहरू तत्काल परिचालन गरेको, औषधि/उपकरणको तत्काल व्यवस्थापन गरेको, धेरै बिरामीको सेवा गरेको, स्वयंसेवक/सेविका व्यवस्थापन गरी सेवा दिएको, बिरामीका लागि खाने/बस्ने व्यवस्था गरेको र स्रोत साधनको अभावमा पनि सेवा दिएको हुनुपर्नेछ ।

जोसुकैले आफूलाई अवार्ड पाउन योग्य लागेको व्यक्ति वा संस्थाकोसिफारिस गर्न सक्नेछन् ।

नाम र अवार्ड पाउनुपर्ने कारण लेखेर [email protected] मा पठाउन सकिनेछ । त्यसैगरी हेल्थ अवार्ड कमिटी, स्वास्थ्य खबरपत्रिका, नयाँवानेश्वर काठमाडौंमा समेत सम्पर्क गर्न सकिनेछ ।