९ कार्तिक २०८३, सोमबार

राजधानीमा यस्तो देखियो दलित आन्दोलन (फोटो फिचरसहित)

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dalit-aandolan (11)

काठमाडौं, ३० साउन । संयुक्त दलित आन्दोलनको नाममा दलितहरुले सुरु गरेको दोस्रो चरणको आन्दोलन शनिवार बृहत जनप्रदर्शनसहित सम्पन्न भएको छ ।

संसदमा रहेका र संसद बाहिरका राजनीतिक दलनिकट दलित संगठनहरुले ११ बुँदे मागसहित गत साउन २३ गतेदेखि चरणबद्ध आन्दोलनमा उत्रिएका थिए । उनीहरुले दोस्रो चरणको आन्दोलनको अन्तिम दिन राजधानीस्थित बबरमहलदेखि नयाँबानेश्वरसम्म झाँकीसहित जनप्रदर्शन गरेका छन् । पहिलो संविधानसभामा लिपिबद्ध भएका दलितका मागहरु संविधानको मस्यौदासम्म आउँदा काटिएको भन्दै उनीहरु आन्दालेनमा उत्रिएका हुन् ।

dalit-aandolan (6)

बबरमहलदेखि शुरु भएको आन्दोलन नयाँबानेश्वर पुगेपछि कोणसभामा परिणत भएको थियो । कार्यक्रममा सबै राजनीतिक दलका शीर्ष दलित नेता तथा सभाषद्हरुले सरकारबिरुद्ध कटु आलोचना गर्दै कडा भाषण गरेका थिए ।

dalit-aandolan (13)

जीतु गौतम, विशेन्द्र पासवानदेखि कृष्णभक्त दुलाल ‘आहुति’सम्मका दलित नेताहरुले बिचारउत्तेजक भाषण गरेका थिए । उनीहरुले दलितको मुद्दालाई संविधानमा लिपिबद्ध गर्नका लागि जस्तोसुकै मूल्य चुकाउन पनि तयार भएको बताएका थिए । एमाओवादीका पोलिटब्यूरो सदस्य समेत रहेका ‘आहुति’ले भने, ‘यो संविधान सबै सुतिसकेपछि रातको बाह्रबजे जारी हुनेवाला छ । दलितको मुद्दाहरु काटिनेवाला छन् । तर, सबै दलित सभाषद्हरु आफ्ना मुद्दामा भोटिङ गर्न पनि पछि पर्नुहुँदैन । भोटिङ हुँदा पनि आन्दोलनसहित सडकमै जाग्राम बस्छौँ । यदि भोटिङमा हारियो भने पनि हामी खुशी हुनेछौँ, किनकी त्यो पहिलो पटक संसदमा दलितको मुद्दामा भोटिङ भएको हुनेछ । अनि त्यहीँ बिन्दुबाट हाम्रो अर्को आन्दोलन शुरु हुनेछ ।’

संयु्क्त दलित आन्दोलनले आइतबारनै तेस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गर्ने जनाएको छ ।

dalit-aandolan (9)

dalit-aandolan (1) dalit-aandolan (2) dalit-aandolan (3) dalit-aandolan (4) dalit-aandolan (5)  dalit-aandolan (8) dalit-aandolan (10) dalit-aandolan (12)