सर्लाही, ३० साउन । सर्लाहीमा एकै दिन दुई युवती बलात्कृत भएका छन् ।
शुक्रबार सर्लाहीको हरिवन नगरपालिका–३ सासापुरको धानबारीमा ९ वर्षीया बालिका र सुन्दरपुर चुहर्वा गाबिस–८ स्थित उखुबारीमा सोही ठाउँ बस्ने धनुषा वलवा–४ की १७ वर्षीय युवती बलात्कृत भएका केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
घाँस काट्न गएकी ९ वर्षीय बालिकालाई धानवारीको झाँडीमा लगेर सोही ठाउँ ५० वर्षीय बीरध्वज बलले शुक्रबार दिउँसै बलात्कार गरेका हुन् ।
यस्तै, उखुबारीमा शौच गर्न गएकी १७ वर्षीया युबतीलाई मुख थुनेर सुन्दरपुर चुहर्वा गाबिस–२ बस्ने २० वर्षीय संजय रायले बलात्कार गरेका थिए । बलात्कार गर्ने दुबै जनालाई प्रहरीले शुक्रबारै पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया