– विमल विष्ट
डोटी, ३० साउन । डोटीमा एक युवतीमाथि एम्बुलेन्सभित्रै बलात्कारको प्रयास भएको छ ।
सेती प्राविधिक शिक्षालय दिपायलमा अनमी छात्रबृतिका लागि बाबुसँगै परीक्षा दिन आएकी एक युवतीमाथि दिपायल सिलगढी नगरपालिकाको एम्बुलेन्सभित्रै बलात्कारको प्रयास भएको हो । शनिबार विहान १ बजे सुदूरपश्चिमको हिमाली जिल्ला बझाङबाट बाबुसँग दिपायल आउने क्रममा १९ बर्षिया युवतीमाथि बलात्कारको प्रयास गरिएको हो ।
दिपायल सिलगढी नगरपालिकाको एम्बुलेन्सभित्र चालक राम बहादुर खड्काले बलात्कारको प्रयास गरेको पीडितले प्रहरीलाई जानकारी गराएकी छिन् । पीडित युवती आफ्ना बुवासंग शुक्रबार बेलुकी बझाङबाट डडेल्धुराको स्याउलेसम्म बस चढेर आएकी थिइन् । स्याउलेमा अबेर राति १२ बजे पुगेका बाबुछोरीलाई प्रहरीले नै एम्बुलेन्समा लगि दिन चालक खड्कालाई आग्रह गरेका थिए ।
छोरीसंगै आएका बुवालाईबीच बाटोमा एम्बुलेन्स बिग्रेको भन्दै बाहिर निस्केर हेर्न चालक खड्काले बहाना बनाएका थिए । पीडित युवतीका बुवाले भने ‘म बाहिर निस्कने बित्तिकै ढोका बन्द गरेर एम्बुलेन्स कुदायो । मलाई त्यही छोडेर छोरीलाई दुब्र्यबहार ग¥यो ।’ पीडित युवतीले मदिरा खाएर अनियन्त्रित भएका चालकले आफूसंग २० मिनेटसम्म जबरजस्ती बलात्कारको प्रयास गरेको आरोप लगाएकी छिन् । ‘२० मिनेटसम्म चालक संग लडाई भयो, लात्ताले हानेर म ढोका खोली भाग्न सफल भए’, रुँदै पीडितले भनिन् ‘अध्यारो रातमा खाली खुट्टा रोडमा आधा घण्टासम्म दगुरे, उ पनि पछि पछि दगुर्दै आयो, मलाई छोप्न सकेन ।’
उनले करिब आधा घण्टापछि बुवा संग भेट हुँदा पनि चालक खड्का फेरि एम्बुलेन्स फर्काएर आएको बताउनुभयो । पीडित युवती आज शनिबार बिहान ८ बजे बाट भएको परीक्षामा सहभागी भएर जिल्ला प्रहरी कार्यालय सिलगढीमा घटनाबारे उजुरी दिएकी छिन् ।
उता चालक खड्का भने नगपालिकामा एम्बुलेन्स राखेर राति नै फरार रहेको नगरपालिकाका सामाजिक बिकास अधिकृत रमेश जोशीले बताउनुभयो । उहाँले भन्नुभयो ‘राति नै चालकले एम्बुलेन्स राखेर साँचो छोडी गएको रहेछ अहिले कार्यालय आउँदा त खबर यस्तो सुनियो ।’















प्रतिक्रिया