९ कार्तिक २०८३, सोमबार

श्रमजीवी पत्रकार ऐन लागु गराउन महासङ्घ कटिबद्ध

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mahendra_bistaदमौली, २९ साउन । नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले तटस्थ भएर कलम चलाउन सम्पूर्ण पत्रकारलाई आग्रह गर्नुभएको छ ।

महासङ्घ तनहुँको नवनिर्मित भवनको आज यहाँ उद्घाटन गर्दै अध्यक्ष डा विष्टले सही र तथ्यपरक कुरा मात्रै समाचारका रुपमा ल्याउन आग्रह गर्नुभयो । श्रमजिवी पत्रकार ऐन कार्यान्वयन गर्न महासङ्घ कटिबद्ध भएर लागेको उहाँले बताउनुभयोे ।

रु पचास लाखको लागतमा निर्मित तीनतले भवन विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्था र चन्दादाताको सहयोगमा निर्माण गरिएको महासङ्घ तनहुँका सचिव उज्ज्वल पौडेलले बताउनुभयो ।

सोही अवसरमा ‘रणबहादुर चिजाकुमारी पत्रकारिता पुरस्कार’ प्रेम पौडेललाई दिइएको थियो । पुरस्कारको राशि रु दुई हजार पाँच सय र साथमा सम्मानपत्र छ । कार्यक्रममा भवन निर्माणमा सहयोग पु¥याउने चन्दादातालाई प्रशंसापत्र दिइएको थियो । रासस