९ कार्तिक २०८३, सोमबार

बन्दविरुद्ध प्रदर्शनमा उत्रिए टीकापुरका व्यापारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bandकैलाली, २९ साउन । लामो बन्दले दिक्क भएपछि टीकापुरका व्यापारीहरुले शुक्रबार टीकापुरमा बन्द बिरुद्ध प्रदर्शन गरेका छन् ।

बन्दकर्ताहरुले बजार बन्द गर्दै हिँड्न थालेपछि उनीहरुले बन्द सधैका लागि बन्द गर्नुपर्ने माग गर्दै बजार खुल्नुपर्ने माग राखेर प्रदर्शन गरेका हुन् । टीकापुरका व्यवसायी बरुण शर्माले भने जसले जे माग राखेपनि बन्द नै गर्ने प्रचलनले व्यवसायीहरु आक्रान्त भएपछि बन्दकाबिरुद्ध प्रदर्शन गरिएको बताउनुभयो ।

बजार बन्द गर्नु सजिलो आन्दोलनको रुप भएकोले व्यवसायीहरु सबै भन्दा बढी मर्कामा परेको बताउदै व्यवसायीहरुले बनद फिर्ता नलिइए आफुहरु बजार खोल्ने बताएका छन् । आज टीकापुरका केही पसलहरु खुलेका छन् ।