२१ कार्तिक २०८३, शनिबार

संविधानसभाको बैठक फेरि सर्‍यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sambidhan-sabha-vwan

काठमाडौं, २४ साउन । अपरान्ह पाँच बजे बोलाइएको संविधानसभाको बैठक सात बजेलाई सारिएको छ । यसअघि तीन बजेका लागि निर्धारित बैठक पाँच बजे सारिएको थियो ।

संविधान निर्माणमा भएको सहमतिको प्रतिवेदन संवाद समितिले तयार पार्न समय लगाएकाले संसदको बैठक पाँचबाट बेलुका ७ बजेका लागि सारिएको संविधानसभा सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले बताए ।

सम्वाद समितिले संविधानमा भएको सहमति संसदमा पेश गर्नुपर्ने छ । सिंहदरबारमा बिहान साढे एघार बजेदेखि सुरु भएको सम्वाद समितिको बैठक अहिले पनि जारी छ ।