२१ कार्तिक २०८३, शनिबार

संवाद समितिको बैठक सुरु, मधेस केन्द्रित दल र राप्रपा नेपालले बहिष्कार गर्‍यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

CPDCC Meetingकाठमाडौँ, २४ साउन । संवैधानिक राजनीतिक सहमति तथा संवाद समितिको बैठक सुरु भएको छ ।

चार प्रमुख दलका शीर्ष नेताहरुको उपस्थितिसँगै सुरु भएको बैठकमा शनिबार राति सहमति भएका प्रादेशिक सीमाङ्कनका बारेमा छलफल सुरु भएको छ ।

सो छलफलमा बागलुङ जिल्लालाई टुक्र्याउन नहुने सम्बन्धमा छलफल भएको नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले बताउनुभयो । उहाँले आफू व्यक्तिगत रुपमा पनि सो जिल्लालाई टुक्र्याउन नहुने पक्षमा रहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो- सीमाङ्कनका सम्बन्धमा प्रमुख दलहरुबीच भएको सहमतिमा बागलुङ जिल्लालाई टुक्र्याइएको छ, त्यसलाई सच्याइनुपर्छ ।

यसैबीच सम्वाद समितिको बैठकलाई मधेस केन्द्रित चार दल र राप्रपा नेपालले बहिस्कार गरेका छन् । राप्रपा नेपालले धर्म सम्वन्धि व्यवस्था र मधेस केन्द्रित दलहरुले संघीयतामा असन्तुष्टि जनाउँदै बैठक बहिस्कार गरेका हुन् ।

बैठक बहिस्कार गर्ने मधेस केन्द्रित दलहरुमा संघीय समाजवादी फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी, सदभावना र तराई मधेस सदभावना पार्टी रहेका छन् । उनीहरुले मधेसका जिल्लाहरुलाई पहाडसँग पनि मिसाइएकोमा असन्तुष्टि जनाएका छन् ।

शनिबार दलहरुबीच भएको सहमति र अन्य संविधानका विवादित विषयमा सहमति गरेर संवाद समितिले आजै सो प्रतिवेदन संविधानसभामा पठाउने तयारी गरेको छ । रासस