काठमाडौँ, २४ साउन । नेपालमा आइतबार फेरि भूकम्प गएको छ ।
आज बिहान ७ बजेर ५५ मिनेट जाँदा सिन्धुपाल्चोकको इचोक गाविस आसपास केन्द्रबिन्दु भएको ४.१ रिक्टर स्केलको परकम्प गएको हो ।
यसअघि शनिबार दोलखा केन्द्रविन्दु भएर भूकम्पको धक्का गएको थियो । गत वैशाख १२ गतेको ‘गोरखा भूकम्प’पछि ४ रिक्टर स्केल वा त्यसमाथिका ३७० भन्दा बढी परकम्प गइसकेको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रले जनाएको छ ।












प्रतिक्रिया