काठमाडौं, २३ साउन । प्रधानमन्त्री सुशील कोइरालाले अफगानिस्तानको राजधानी काबुलमा भएका शृङ्खलाबद्ध बम आक्रमणबाट जनधनको क्षति भएकोमा दुःख व्यक्त गर्नुभएको छ ।
सन्देश पठाएको विज्ञप्ती जारी गर्दै उहाँका प्रेस सल्लाहकार प्रतिक प्रधानले प्रधानमन्त्री कोइरालाले दुःख व्यक्त गर्नुभएको जानकारी दिनुभयो ।
प्रधानमन्त्री कोइरालाले अफगानिस्तानका राष्ट्रपति अस्रफ घानीलाई आज एक सन्देश पठाउनुहुँदै नेपालले आतङ्कवादलाई जुनसुकै रुपमा भएपनि कडा भत्र्सना गर्ने र यो शान्ति, स्थायित्व, प्रजातन्त्र र विकासको ठूलो शत्रु भएको बताउनुभएको छ ।
उहाँले आतङ्कवाद कुनै पनि आधारमा न्यायोचित नहुने र दृढ निश्चयका साथ सामना गरिनुपर्ने पनि बताउनुभएको छ । प्रधानमन्त्री कोइरालाले नेपाल सरकार तथा जनताको तर्फबाट अफगानिस्तानका राष्ट्रपति तथा उहाँमार्फत शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना पनि व्यक्त गर्नुभएको छ । रासस












प्रतिक्रिया