२२ कार्तिक २०८३, आइतबार

बाबुरामलाई बैठकमै घेरे सभासद्ले, शीर्ष नेताहरु उम्किएर भागे !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baburam-bhattraiकाठमाडौं, २३ साउन । प्रमुख दलका शीर्ष नेताहरुले ६ प्रदेशमा सीमांकनसहितको सहमति गरेपछि सभासद्हरुले बैठक घेराउ गरेका छन् ।

संवैधानिक सम्वाद तथा सहमति समितिका सभासदहरुले आक्रोशित हुँदै शीर्ष नेताहरुलाई बैठकमै घेरा लागेर नाराबाजी गरेका छन् ।

दिउँसो १ बजेका लागि बोलाइएको सम्वाद समितिको बैठक अहिलेसम्म बस्न नसकेको भन्दै आक्रेशित सभासदहरुले सभापति बाबुराम भट्टराई प्रचण्ड, केपी ओली र सुशील कोइराला लगायतका शीर्ष नेतालाई बैठक कक्षमै घेरा हालेर उनीहरुविरुद्ध नाराबाजी गरेका हुन् ।

Savasad-Gharauसभासद्हरुले घेरासहित नाराबाजी लाउन थालेपछि शीर्ष नेताहरु उम्किएर बैठकबाट बाहिरतिर भागेका थिए । बैठकमा सहभागी एक नेताका अनुसार केही शीर्ष नेताहरु सभासद्को नाराबाजीपछि बाहिरतिर गएका थिए । उनीहरुको नाम भने खुलाइएन् ।

सभासदहरूको नाराबाजीपछि सभापति भट्टरार्इले सहमतिमा हस्ताक्षरका लागि अन्तिम तयारी भइरहेको भन्दै केही समय पर्खन आग्रह गरेका छन् । राज्य व्यवस्था समितिको बैठक कक्षमा अहिले सभासदहरु बसिरहेका छन् ।