२१ कार्तिक २०८३, शनिबार

‘टाउको र खुट्टा काटिए’पछि गच्छदारले हस्ताक्षर गर्न मानेनन्, प्रचण्ड-बाबुराम फकाउँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bijay-gacheedarकाठमाडौं, २३ साउन । प्रमुख दलका शीर्ष नेताहरुबीच ६ प्रदेशको सीमांकनमा सहमति भएपनि मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले सहमतिमा हस्ताक्षर गर्न मानेका छैनन् ।

‘माथि टाउको काटियो । तल खुट्टा काटियो । यस्तोमा म कसरी हस्ताक्षर गरौं ।’ भन्दै सिंहंदरबारमा जारी प्रमुख दलका शीर्ष नेताहरुको बैठक छाडेर हिँडेका गच्छदारलाई हस्ताक्षरका लागि राजनीतिक सहमति तथा सम्वाद समितिका सभापति डा. बाबुराम भट्टराई र एमाओवादी अध्यक्ष प्रचण्डले फकाउन खोजिरहेका छन् ।

गच्छदारले कैलाली कञ्चनपुरलाई टाउको र झापा, मोरङ र सुनसरीलाई खुट्टा भनेका हुन् । दलहरुबीच सीमांकनमा सहमति भइसकेको र हस्ताक्षर गर्न मात्रै बाँकी रहेको बैठकमा सहभागी एक नेताले बताए । ‘अहिले सबै दलका नेता उहाँ(गच्छदार)लाई कन्भिन्स गराउन लाग्नुभएको छ । हुन्छ भन्ने वित्तिकै हस्ताक्षर हुन्छ ।’ ती नेताले दैनिक नेपालसँग भने ।