२१ कार्तिक २०८३, शनिबार

संविधानसभाको बैठक एकैदिन तीन पटक सर्‍यो, अब आइतबार १ बजे बस्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sambidhan-sabha-vwanकाठमाडौँ, २३ साउन । राति ८ बजे बोलाइएको संविधानसभाको बैठकलाई आइतबार १ बजेसम्मका लागि सारिएको छ । यसअघि राति ८ बजे बैठक बस्ने भनिएको थियो ।

शुक्रबार स्थगित गरेर शनिवार आज दिउँसो ३ बजे बोलाइएको बैठक ६ बजेका सरेको थियो भने, फेरि ६ बजेबाट ८ बजेका लागि सारिएको थियो । संविधानसभा सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बैठक ८ बजे बस्न लागेकोले संविधानसभाको बैठक आइतबार १ बजेपछि बोलाइएको बताए ।