२१ कार्तिक २०८३, शनिबार

दलहरुबीच ६ प्रदेशमा सहमति, सुदूरपश्चिम अखण्ड रहने, कुन प्रदेश कहाँ ? (सूचीसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baburam-bhattraiकाठमाडौं, २३ साउन । संविधानका मुख्य विवादित विषयमा प्रमुख दलका शीर्ष नेताको बैठक सहमति नजिक पुगेको छ ।

सिहंदरबारमा जारी प्रमुख दलका शीर्ष नेताहरुको अन्तिम चरणको छलफलले सीमाङकनमा भने सहमति जुटाएको छ । बैठकमा सहभागी एक नेताका अनुसार शीर्ष नेताहरुले ६ प्रदेशमै सीमांकनको टुङ्गो लगाएका हुन् । सहमतिमा हस्ताक्षर हुन भने बाँकी छ ।

नयाँ सहमतिअनुसार अब नेपाल ६ प्रदेशसहितको संघीयतामा जानेछ । यद्यपी प्रदेशको सीमाङ्कनमा सहमति जुटेपनि नामाङ्कन भने स्थानीय जनताका लागि छाडिएको छ ।  यता नागरिकता र धर्मको विवाद टुंग्याउन नेताहरू अन्तिम चरणको छलफलबाट प्रयास गरिरहेका छन् । यी विषयमा पनि सहमति हुने वित्तिकै हस्ताक्षर हुनेछ ।

यस्तो छ दलहरुले सहमति जनाएको ६ प्रदेशको संघीय नेपाल :

प्रदेश-१
मेची, कोशी, सगरमाथाको सोलुखुम्बु, खोटाङ, उदपयपुर र ओखलढुंगा ।

प्रदेश-२

पर्सादेखि सप्तरीसम्मको पुरै तराई भुभाग ।

प्रदेश-३

बाग्मती अञ्चल, नारायणीको मकवानपुर र चितवन तथा जनकपुरको सिन्धुली, दोलखा र रामेछाप ।

प्रदेश-४
गण्डकी, धवलागिरी अञ्चल र नवलपरासीको दाउन्ने खण्डसम्म ।

प्रदेश-५

भेरी अञ्चलको बाँके बर्दियाँदेखि दाउन्नेसम्म र राप्ती अञ्चल पनि ।

प्रदेश-६

महाकाली, कर्णाली सेती र भेरीको पहाडी जिल्ला जाजरकोट, सुर्खेत र दैलेख ।

pradesh-ff