२१ कार्तिक २०८३, शनिबार

जीवित संस्कृति जोगाउनुपर्छ : मन्त्री बस्नेत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mahesh-basnetभक्तपुर, २३ साउन । उद्योगमन्त्री महेश बस्नेतले भक्तपुरको जीवित संस्कृति जोगाउनुपर्ने बताउनुभएको छ ।

मानवीय आस्था नेपालले दधिकोटको काठमाडौँ स्कुल अफ लमा आयोजना गरेको ‘भक्तपुरको कला, संस्कृति संरक्षणमा सरोकारवालाको भूमिका’ विषयका कार्यक्रममा उहाँले “भक्तपुरको संस्कृतिको संरक्षण गर्नुपर्छ, मन्दिर भत्किए फेरि बनाउन सकिन्छ तर पर्व, संस्कृति नै मासिए जोगाउन गाह्रो हुन्छ ।”

कार्यक्रममा पूर्वन्यायाधिवक्ता एवम् काठमाडौँ स्कुल अफ लका प्रमुख डा युवराज सङ्ग्रौलाले भूकम्पपीडितका लागि काठमाडौँ स्कुल अफ लले निःशुल्क कानुनी सेवा सञ्चालन गरेको जानकारी दिँदै मानवीय आस्था नेपाललाई नगद रु ५० हजार रकम हस्तान्तरण गर्नुभयो ।

प्याब्सनका उपाध्यक्ष श्रीकृष्ण केसी, उद्योग वाणिज्य सङ्घ भक्तपुरका अध्यक्ष प्रज्वल जोन्छे, सङ्गीतकार सुरेश अधिकारीलगायतले भक्तपुरको कला, संस्कृति जोगाउन सबैको सहयोग आवश्यक रहेको औँल्याउनुभयो ।

कार्यक्रममा संस्थाका अध्यक्ष श्रीकुमार रञ्जित र मानवीय आस्थाका महासचिव रवीन्द्र सापकोटाले भूकम्पबाट आफन्त गुमाएका पीडित परिवारलाई आगामी गाईजात्रामा पर्व चलाउन सहयोग गरिने र मृतक ३३३ जनाका परिवारबाट सामूहिक गाईजात्रा प्रदर्शन गरिने जानकारी दिनुभयो । रासस