काठमाडौँ, २३ साउन । नेपालमा शनिबार फेरि भूकम्प गएको छ ।
आज बिहान ६ बजेर २४ मिनेट जाँदा सिन्धुपाल्चोक सदरमुकाम चौतारा आसपास केन्द्रबिन्दु भएको ४ रिक्टर स्केलको परकम्प गएको हो ।
यसअघि शुक्रबार काभ्रेलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो । गत वैशाख १२ गतेको ‘गोरखा भूकम्प’पछि ४ रिक्टर स्केल वा त्यसमाथिका ३७० भन्दा बढी परकम्प गइसकेको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रले जनाएको छ ।












प्रतिक्रिया