२१ कार्तिक २०८३, शनिबार

अखण्ड सुदूरपश्चिमको माग गर्दै दोस्रो दिन पनि कञ्चनपुरमा बन्द आह्वान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Band-supa-1कञ्चनपुर, २३ साउन । सुदूरपश्चिम क्षेत्रलाई टुक्र्याउने षड्यन्त्र भइरहेको भन्दै गरिएको बन्दको दोस्रो दिन आज कञ्चनपुरको जनजीवन प्रभावित भएको छ ।

सदरमुकाम महेन्द्रनगरबाट सञ्चालन हुने लामो र छोटो दूरीका यात्रुवाहक सवारीसाधन बन्द रहेका छन् । सवारीसाधन बन्द हुँदा यात्रु पैदल नै गन्तव्यमा जान थालेका छन् ।

महेन्द्रनगर, दैजी, झलारीलगायतका बजार फाट्टफुट्ट रुपमा मात्रै खुलेका छन् ।

बन्दकर्ताले सुदूरपश्चिमलाई अखण्ड राख्ने प्रतिबद्धता नआउँदासम्म बन्दका कार्यक्रम जारी रहने बताएका छन् ।