२१ कार्तिक २०८३, शनिबार

राप्ती अञ्चल अखण्ड रहन्छ, होइन भने मानिदैनः उपाध्यक्ष ज्ञवाली

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Yubaraj-Gyawaliकाठमाडौं, २२ साउन । संघीयता बनाउने विषयमा राप्ती अञ्चललाई टुक्राएर विभाजन गर्ने प्रमुख दलहरूको प्रयासले राप्तीवासीमा खिन्नता छाइरहेका बेला एमालेका केन्द्रीय नेताहरूले राप्ती अञ्चललाई टुक्राउने निर्णयको विरोध गरेका छन् ।

सिंहदरबारमा आज बसेको एमालेको आकस्मिक स्थायी समितिको बैठकमा उपाध्यक्षसमेत रहेका सभासद युवराज ज्ञवालीले राप्ती अञ्चललाई अखण्ड राख्नुपर्ने निर्णय गर्न दवाव दिएका हुन् ।

उनको दवावपछि एमालेले राप्ती अञ्चललाई जुनसुकै संघीय राज्यमा राखेपनि अखण्ड राख्ने निर्णय गरेको बताए ।

‘राप्ती अञ्चललाई अब टुक्राउन पाइने छैन’, एमाले उपाध्यक्ष ज्ञवालीले भने, ‘जुनराज्यमा राखे पनि राप्ती अञ्चल अखण्ड रहनेछ । राप्ती अञ्चलवासीको इच्छाअनुरा राज्यपुनःसंरचना हुनेछ ।’

राप्ती अञ्चलको दाङलाई अलग्याएर अन्य चार जिल्ला प्यूठान, रोल्पा, सल्यान र रुकुमलाई पूर्वतर्फ जोड्ने प्रयास प्रमुख दलहरूले गरेपछि विरोध सुरु भएको थियो ।

विरोध सुरु भएपछि दवाव थेग्न नसकेका एमाले उपाध्यक्ष ज्ञवालीले अखण्ड राप्तीका पक्षमा आफ्नो पार्टीबाट दवावको अभियान थालेका हुन् ।