यूएई । पछिल्लो समय नेपाली साङगीतिक क्षेत्रमा नयाँ कलाकारको आगमन हुने क्रम तिब्र रुपमा बढीरहेको छ । कोही गायनमा, कोही संगितमा त कोही अभिनयमा आफ्नो भबिष्य बनाउनकै निम्ती यो क्षेत्रमा आईरहेका छन् ।
यसबीचमा कतिपय आफ्नै लगानी कै भरमा यो क्षेत्रमा टिकिरहेकाछन त कतिपय आफ्नो मेहेनत र कलाकै कारण । यो क्षेत्रमा आउनेको संख्या र हराउनेको संख्या लगभग बराबर जसो नै भईरहेको छ ।
यो क्षेत्रमा आफ्नो कला र मेहेनतकै कारण टिकिरहेका कलाकारहरु मध्यका एक हुन दिपेश कार्की । आज भन्दा करीब २ बर्ष पहिलेबाट अभिनयको क्षेत्रमा प्रबेश गरेका दिपेश थुप्रै सफल र चर्चित गीतका म्युजिक भिडियोमा आफ्नो कला देखाइसकेकाछन । उनले थुप्रै सफल कलाकारहरुको गीतमा आफ्नो अभिनय प्रस्तुत गरेर चर्चा पनि कमाइसकेका छन ।
दिपेशको अभिनय रहेको अर्को नयाँ भिडियो बजारमा आएको छ । शिवदर्शन डिजिटल प्रा।लिको प्रस्तुती रहेको म त मर्छु, एक दिन मर्छु बोलको गीत बजारमा आएको हो । थुप्रै चर्चित गीत रचना गर्न सफल गीतकार गायत्री थापाको उत्कृष्ट शब्द र रामचन्द्र काफ्लेको स्वर रहेको उक्त गीतमा दिपेश कार्की सँगै दिपा र त्रोयसको अभिनय रहेको छ ।
म त मर्छु बोलको गीतमा संगीत भरेकाछन पछील्लो समयका सफल संगितकार श्रीकृष्ण बम मल्लले । गीतको भिडियो खिचेका छन दुर्गा पौडेलले र निर्देशन गरेका छन जीवन सेन्चुरिले । दोलखाको लापिलाङमा जन्मी पढाईको शिलशिलामा काठमान्डौ छिरेका दिपेश यो क्षेत्रमा लाग्न र अहिलेको अवस्थामा आउन थुप्रै मेहेनत गर्नुपरेको पनि बताउछन । पिरतीमा भुल्दा सारा होस हराए, यो जन्ममा तिमीलाई पाउन सकिन, यो जुनी यस्तै भयो, बोलन केही आजको दिन जस्ता सफल गीतका भिडियोमा अभिनय गरिसकेका दिपेशले म त मर्छु बोलको गीतबाट अझ सफलताको आश गरेको बताएका छन । दिपेशले चलचित्रमा समेत अभिनय गरिसकेका छन ।















प्रतिक्रिया