३० आश्विन २०८३, शुक्रबार

सलमान खानका फ्यानलाई दुःखद खबर !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Salman-khanमुम्बई । बलिउडका चर्चित अभिनेता सलमान खानमाथि फेरि अर्काे संकट आइलागेको छ ।

मुम्बई हमलाका मुख्य योजनाकार याकुब मेननलाई फासी दिनु अन्याय हो भनेर उनको समर्थनमा अभिब्यक्ति दिएपछि सलमानमाथि देशद्रोही र मानहानीको मुद्धा दर्ता भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

इलाहावादको जिल्ला अदालतमा आइपिसीको धारा १२४ ए, १५३ देशद्रोहको साथमा मानहानीको धारा ५०० अनुसार उनीमाथि मुद्धा दर्ता गरिएको हो । सलमानसँगै एमआइएम सांसद असदउद्दिन ओवैसीबिरुद्ध पनि मुद्धा परेको हो । उनीहरुबिरुद्ध केहि सक्रिय वकिलहरुले मुद्धा दर्ता गरेको बताइएको छ ।

सलमानले केहि दिनअघि याकुब मेनन निर्दोष रहेको भन्दै चौध ट्वीट गरेका थिए । पछि सर्वत्र आलोचना भएको र आफ्नै पिताले पनि हटाउन सुझएपछि सलमानले ट्वीट हटाएका थिए ।

मानहानी र देशद्रोहीको मुद्दा परेपछि सलमान थप संकटमा परेका छन् । आफ्नो १२ वर्ष पुरानो हिट एण्ड रन केशको टुङ्गो नलाग्दै उनले विवादास्पद अभिव्यक्ति दिएपछि कारवाहीको सम्भावना बढेको कानुनविद्ले बताएका छन् । यदि कारवाही भएमा उनलाई १० वर्षको जेल सजायँ हुनेछ ।