काठमाडौं । पूर्व पोर्नस्टार तथा बलिउड नायिका सन्नी लियोनी नेपाल आउन लागेकी छिन् ।
दुई पटक नेपाल आइसकेकी सन्नी नेपालीहरुका लागि केही गर्छु भन्दै नेपाल आउन लागेकी हुन् । उनले आफ्नो फेसबुक पेजमा ‘नेपालका लागि विशेष केही काम गरिरहेको छु । नेपाल चाडै भेटौला ।’ भनेर लेखेकी छिन् ।
नेपालमा भूकम्पपछि सहयोग गर्न एकपछि अर्काे कलाकार लागिरहेका बेला सन्नी लियोनी पनि भूकम्प पीडितकै सहयोगको काम लागिरहेको र उनीहरुलाई सहयोग गर्न नेपाल आउन लागेको हुनसक्ने अनुमान गरिएको छ ।
यद्यपी उनले के कामले नेपाल आउन लागेको भन्ने बारेमा खुलाएकी छैनन् । उनका अनुसार त्यो नेपालीका लागि विशेष हुनेछ ।
यस्तो सन्नीले फेसबुकमा लेखेको स्टाट्स :
















प्रतिक्रिया