३० आश्विन २०८३, शुक्रबार

किन कारवाहीमा परिन् करिश्मा मानन्धर ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

karisma-manandharकाठमाडौं । नेपाली चलचित्रकी नायिका करिश्मा मानन्धर कारवाहीमा परेकी छिन् ।

सवारी चलाउँदा मोबाइल फोन चलाएको भन्दै करिश्मालाई शुक्रबार चावहिल चोकमा ट्राफिक प्रहरीले कारबाही गरेको हो । आफ्नो टिमसहित एनएफडिसी अवार्डको प्रमाणपत्र बितरण समारोहमा सहभागी हुन जान लागेकी करिश्मालाई कारवाही गरेपछि प्रहरीसँग विवाद समेत भएको थियो ।

विवादले उग्र रुप लिएपछि प्रहरीले करिश्माको लाइसेन्स खोसेर कारवाही गरेको बताइएको छ । यता करिश्माले आफूले सवारी चलाउँदा मोबाइल/फोन प्रयोग नगरेको दाबी गरेकी छिन् ।